काठमाडाै- त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी– २० शृंखलाको फाइनलमा नेपालविरुद्ध पपुवा न्युगिनी(पिएनजी) ले कमजोर सुरुवात गरेको छ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा पिएनजीले १४ रन जोड्दा दुई विकेट गुमाएको छ । १.४ ओभरमा करण केसी र आकाश चन्द दुवैले विकेट लिएका हुन्। सेसे बाउलाई करणले आकाश चन्दबाट डक गराए । आकाशले विकेट किपर विनोद भण्डारीबाट कप्तान असाद भालालाई दुई रन बनाउँदा क्याच गराएका हुन्।