प्रधानमन्त्रीलाई कांग्रेसले पनि मत देओस् - ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८२ दिन अगाडि
प्रधानमन्त्रीलाई कांग्रेसले पनि मत देओस् - ओली

काठमाडाैै‌ -एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन् ।  ‘विगतमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा कांग्रेस हतारिएर विश्वासको मत दिन दौडिएको थियो,’ ओलीले भने, ‘अहिले पनि प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्छ । हिजोसम्म उहाँहरूले समर्थन गर्नुभएकै हो । त्यसैले आज पनि उहाँलाई मत दिँदा हुन्छ ।’