देश कुनै एक धर्म, एक जातिको मात्र होइन - ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८२ दिन अगाडि
देश कुनै एक धर्म, एक जातिको मात्र होइन - ओली

 काठमाडाै‌ -एमाले अध्यक्ष केपी ओलीले देश कुनै एक धर्म विशेषको, जाति विशेषको नभएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्ने क्रममा सदनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश सबैको साझा भएको बताए ।‘नागरिक सर्वोच्चताभन्दा माथि अर्को कुरा हुँदैन,’ उनले भने, ‘यो राज्य एउटा धर्म विशेषको, जाति विशेषको होइन । सम्पूर्ण नेपालीको साझा राज्य हो । यस राज्यले सबैलाई समदृष्टिको भावमा सबैलाई हेर्नुपर्दछ ।’  अध्यक्ष ओलीले संविधानप्रतिको निष्ठा प्रमुख कुरा भएको बताए ।