काठमाडाै -नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कांग्रेसलाई पहिलो दल बनायौं भन्ने माओवादीले आफू मुश्किलले तेस्रो डिभिजनमा पास भएको बिर्सन नहुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने प्रस्तावको छलफलमा भाग लिँदै शर्माले कांग्रेस माओवादीको मात्रै बलमा ठूलो पार्टी नभएको बताएका हुन् । ‘कांग्रेसले कुनै समय एक्लै दुई तिहाइ, कहिले बहुमतमा रहेको थियो । तर तपाईंहरू कांग्रेसलाई पहिलो दल बनायौं भन्दा गर्दा मुश्किलले तेस्रो डिभिजनमा आउँदा हाम्रो पनि सहयोग छ भन्ने कुरा कसरी बिर्सनुहुन्छ ?’, शर्माले भने । संसद्मा देशका समस्याबारे छलफल भइरहनुपर्नेमा सत्ता स्वार्थका बहस हुनु बिडम्बनाको विषय भएको उनले बताए ।