प्रधानमन्त्रीको कदमले मतदातामाथि गम्भीर धोका भयो - शर्मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८८ दिन अगाडि
प्रधानमन्त्रीको कदमले मतदातामाथि गम्भीर धोका भयो - शर्मा

काठमाडाै‌ -कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले गठबन्धन फेरबदल गर्दा मंसिर ४ मा मत दिने ती सबै मतदातामाथि गम्भीर धोका भएको बताएका छन् । 

प्रतिनिधिसभमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै शर्माले भने, ‘मैले झापामा मलाई जिताएर पठाउने माओवादी कार्यकर्तालाई के जवाफ दिउँ, तपाइँले गोरखामा गएर के जवाफ दिनुहुन्छ ? हिजो तातो घाममा लाइन लागेर हामीलाई मतदान गरेका सबै मतदातालाई गम्भीर धोका भयो ।’ संसद्भित्र टाउको जोड्ने विषयभन्दा जनताबाट लिइएको मत महत्वपूर्ण हुने उनले जिकिर गरे ।