काठमाडाेै-नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले काँग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काँग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताए । उनले काँग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताए । उनले नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको बताए ।
उनले भने, ‘मंसिर ४ गतेको कुरा गर्नुभयो । त्यतिबेला गठबन्धन बन्दा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणापत्र थियो ? एउटा विश्वासको भरमा त्यो चुनामा माओवादी सहभागी हुँदा विगतको भन्दा २० सिट कम माओवादीलाई भएको छ । नेकपा माओवादी केन्द्रसँग उहाँहरुले जुन गठबन्धन बनाउने प्रयास गर्नुभयो त्यसबाट पनि माओवादीलाई धोका भएको छ । वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी र नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी हो । उहाँहरुको अहिले पनि गतिविधिले यथास्थितिबाट मुलुकलाई परिवर्तनतिर तयार छैन । विगतको गठबन्धन भनेको अप्राकृतिक थियो । अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकताको हो । जनताका मुद्दा सम्बोधन गर्न यसको औचित्य छ । नेपाली काँग्रेससँग यो गठबन्धनको गोत्रै मिल्दैन । मिलेको पनि थिएन । अहिले गोत्र मिलेको छ । यो प्राकृतिक गोत्र हो । यसले मुलुकलाई हित गर्छ ।’ उनले अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकता भएको बताए ।