सीके राउतले भने– बरु एलिना चौहानको गीत बजाइदिएको भए हुन्थ्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८१ दिन अगाडि
सीके राउतले भने– बरु एलिना चौहानको गीत बजाइदिएको भए हुन्थ्यो

 काठमाडाै‌ -जनमत पार्टीका अध्यक्ष एवं सांसद डा सीके राउतले सत्ता गठबन्धनको पटकपटकको प्रयासको बहसभन्दा एलिना चौहानको गीत उचित हुने बताएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने छलफलमा भाग लिँदै राउतले गठबन्धन ठीक छ र छैन भन्ने बहसभन्दा एलिनाको गीत उचित हुने बताएका हुन् ।  ‘एलिना चौहानको गीत गाइदिएको भएहुन्थ्यो । लामो फेहरिस्त दिनुपर्दैनथ्यो,’ उनले भने, ‘गठबन्धन पटकपटक बन्छ, भत्किन्छ । जनताले के लाभ पाएको भन्नेतिर लाग्नुपर्ने हो ।’ एलिनाले गाएको 'धाेकेवाज हौ तिमी’ भन्ने गीततिर राउतले लक्षित गरेका थिए ।