करिश्माको ‘बेबी बम्प’ तस्बिरसहित सलोन लेख्छन् , ‘नयाँ अध्याय सुरु’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९६० दिन अगाडि
करिश्माको ‘बेबी बम्प’ तस्बिरसहित सलोन लेख्छन् , ‘नयाँ अध्याय सुरु’

काठमाडौँ -अभिनेता सलोन बस्नेत बुबा बन्दै छन् ।

उनकी पत्नी करिश्मासँग अहिले पहिलो सन्तानको स्वगतको तयारी गरिरहेका छन् । जसको तस्बिर उनी सामाजिक संजालबाट सार्वजनिक गर्दै आएका छन् । यस्तैमा बुधबार उनले ‘प्रेग्नेन्सी’ फोटोसुटका केही तस्बिर  सार्वजनिक गरेका छन् । जसमा दुबै पतिपत्नी खुसी देखिएका छन् ।

यी जोडीको रोमान्टिक तस्बिरमा करिश्माको ‘बेबी बम्प’ देख्न सकिन्छ । फोटो सेयर गर्दै सलोन लेखेका छन्, ‘नयाँ अध्याय सुरु ।’ चिकित्सकले करिश्माको डेलिभरी डेट वैशाख २७ गतेलाई दिएका छन् ।

गत मङ्सिरमा सलोनले आफू बाबु बन्न लागेको जानकारी दिँदै हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए । सलोन र करिश्माले २०७९ मङ्सिरमा प्रेम विवाह गरेका थिए ।