ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के होला प्रधानमन्त्रीज्यू ?-राजेन्द्र पाण्डे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८१ दिन अगाडि
ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के होला प्रधानमन्त्रीज्यू ?-राजेन्द्र पाण्डे

 काठमाडाै‌ -नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले रातारात सत्ताको समीकरण फेर्ने शैलीले राजनीतिक विकृति बढाएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले विश्वासको मत लिने छलफलमा भाग लिँदै पाण्डेले ओली र देउवा मिल्दा तपाईंको हालत के होला भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । ‘ओली र शेरबहादुरले घाँटी जोडे तपाईंका हालत के हुन्छ प्रधानमन्त्री ज्यू ?’ पाण्डेले प्रश्न गरे । षडयन्त्र, धोकाबाट अघि बढ्ने मुलुक बर्बादीतिर जाने उनले बताए । प्रधानमन्त्रीप्रति कति चाँडो रङ फेर्ने भन्ने बुझाइ भएको भन्दै सचेत हुन आग्रह गरे ।  आफूहरू पनि सत्तारुढ दल भए पनि बेवास्ता गरेर समीकरण बनाएकोमा उनले आपत्ति जनाए ।