पीएनजीसँग नेपाल ८६ रनको लज्जास्पद हार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५९ दिन अगाडि
पीएनजीसँग  नेपाल  ८६ रनको लज्जास्पद हार

काठमाडौँ -नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ ।

नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो ।