काठमाडाै -प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीविरुद्ध कांग्रेस-एमालेको गठबन्धन गर्न चुनौती दिएका छन् ।
विश्वासको मत लिने प्रतिनिधि सभाको बैठकमा उठेका सवालमाथि जवाफ दिँदै प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । ‘ठूला दल मिल्यौ भने तेरो हालत के होला भन्नुहुन्छ । यसो भनेर मात्रै हुन्छ ? मेरो कामना छ तपाईंहरू सबै मिल्नुस् । सबै मिल्नुभयो भने माअोवादी प्रमुख प्रतिपक्षमा बसेर देश, संविधान र राष्ट्रको पक्षमा उभिन्छ’, चेतावनी दिँदै प्रचण्डले भने, ‘तपाईंहरू सबै मिलेर टाउको काट्न खोजेको होइन । सके मिल्नुस् । राजनीतिक रुपले हित हुन्छ भने मिल्ने हो । प्रभाव पार्न सकिन्छ भने मिल्ने हो भनेर लागेको हो ।’ प्रचण्डले नामै लिएर ओली र देउवा मिले पनि आपत्ति नहुने बताए ।