सुष्मा लामा हत्या आरोपमा एक युवक पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६१ दिन अगाडि
सुष्मा लामा हत्या आरोपमा एक युवक पक्राउ

काठमाडौं - प्रहरीले मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेका छ ।  

आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी २८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार सुष्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी र सम्पर्कबिहीन भएकी थिइन् ।

 उनी हराएको भन्दै खोजी गरिदिन परिवारले बौद्ध प्रहरीमा उजुरी दिएका थिए र  फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो ।