काठमाडौँ - रङ्गकर्मी भीष्म जोशीले नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक गरेका छन् ।
विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका छन् । सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको गीतमा भीष्म जोशीका शब्द तथा सविन सेन्चुरीकै सङ्गीत रहेको छ ।
गीतको भिडियोमा रङ्गकर्मी जोशीसहित रिस्ता बस्नेत, नेहा शाही, रवीन्द्र थापा लगायतको अभिनय देख्न सकिन्छ । जेसन लोप्चनको सम्पादन, धिरज अधिकारीको रंग संयोजन तथा साउन्ड डिजाइन रहेको गीतको भिडियो आर्ट घर यु–ट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।