तोलामा ७ सयले बढ्यो सुनको मूल्य 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८२ दिन अगाडि
तोलामा ७ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं -नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य फेरी बढेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।