तीन वटा संसदीय समितिको बैठक बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७३ दिन अगाडि
तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं - शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

सभामुख देवराज घिमिरेसहित प्रमुख दलका प्रमुख सचेतकहरू विदेश भ्रमणमा उडेपछि शुक्रबारदेखि अब एक सातासम्म प्रतिनिधिसभा बैठक छैन । शुक्रबार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

 त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।  त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बोलाइएको छ ।