‘बलिदान’मा अभिनेता विराजका छोरा समिर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७३ दिन अगाडि
‘बलिदान’मा अभिनेता विराजका छोरा समिर

काठमाडौँ - निर्माता सन्तोष सेनले बनाउन लागेको नयाँ फिल्म ‘बलिदान’मा समीर भट्ट अभिनेताको रूपमा देखिने भएका छन् ।

समिर अभिनेता विराज भट्टका छोरा हुन् । विराजले समिरलाई लिएर केही अघि फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका थिए । सेनको फिल्म कम्पनी आसुसेन फिल्मस्ले समिरको फोटो राख्दै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक समेत गरेको छ । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका थिए । ‘बलिदान’को लागि एक हिरोको खोजीमा थियौ । समिरमा त्यो क्षमता देखेर छानेको निर्माता निर्देशक सेनले बताए । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपरमा बन्ने यो फिल्म सेन आफैले निर्देशन गर्न लागेका हुन् । सन्तोष सेनको प्रस्तुति रहने फिल्मका  निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी  हुन् ।