ट्रेलरमा यस्तो देखियो 'डिग्री माइला'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७२ दिन अगाडि
ट्रेलरमा यस्तो देखियो 'डिग्री माइला'

 काठमाडाै‌ -रामबाबु गुरुङ निर्देशित फिल्म 'डिग्री माइला' को ट्रेलर सार्वजनिक गरिएको छ।

शुक्रबार बाँसुरी फिल्म्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा डिग्री पास गरेका दयाहाङ राईको बेरोजगारी अवस्थालाई चित्रण गरिएको छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सोही नाटकलाई फिल्मका रूपमा पर्दामा प्रस्तुत गर्न लागेको हो।  फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत कलाकारको अभिनय छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सले फिल्म निर्माणका लागि सुस्मा फिल्म्ससँग सहकार्य गरेको छ। शिवराम श्रेष्ठ र राइली एच शेनले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म २०८१ को नयाँ वर्षमा रिलिज हुनेछ।