कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७० दिन अगाडि
कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनित

काठमाडौं -नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय मनोनित भएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रोकायलाई प्रमुख सचेतकमा मनोनयन गरिएको जनाएको छ ।  निजी सचिव केशवराज जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्णबहादुर रोकायज्यू मनोनित हुनुभएको छ ।’