संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार - पूर्ण बस्नेत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६९ दिन अगाडि
संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार - पूर्ण बस्नेत

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ ।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ । 
जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई  मुख्य कार्यभार तय गरेको छ ।  यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  बस्नेतका अनुसार, वैचारिक राजनीतिक काम, संगठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ ।