झगडा गरेर सत्ता गठबन्धन आफैँ समाप्त हुन्छ- सांसद पौडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६८ दिन अगाडि
झगडा गरेर सत्ता गठबन्धन आफैँ समाप्त हुन्छ- सांसद पौडेल

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने टिप्पणी गरेका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर समेत गरे । पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेलको भनाइ थियो । उनले काँग्रेसका लागि सत्ता ठुलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औँल्याए ।  सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत बताए ।