आर्या र मननले जिते ‘जुनियर मिस्टर एन्ड मिस इटहरी’ उपाधि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६८ दिन अगाडि
आर्या र मननले जिते ‘जुनियर मिस्टर एन्ड मिस इटहरी’ उपाधि

काठमाडौँ - ‘जुनियर मिस्टर एन्ड मिस इटहरी’को उपाधि आर्या बस्नेत र मनन लुइँटेलले जितेका छन् ।

बस्नेतले केटी र लुइँटेलले केटा तर्फको उपाधि चुमेका हुन् । उपाधिका साथ दुवैले २५/२५ हजार नगद समेत हात पारेका छन् । प्रतियोगितामा केटी तर्फ नुमा राई फस्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप बन्दा दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड प्राप्त गरिन् । केटातर्फ भने दक्षित सुवेदी फस्ट रनरअप, गौरव गिरी सेकेन्ड रनरअप हुँदा सामिप्य श्रेष्ठले पब्लिक च्वाइस अवार्ड हात पारे । 

ड्रिम मोडलिङ एजेन्सीको आयोजना रहेको केटा र केटी गरेर ५८ बालबालिकाको सहभागीता रहेको कार्यक्रममा  सबै सहभागीले र्याप वाक, स्पिङ कला लगायतका प्रशिक्षण सहित कार्यक्रममा सहभागी भएको निर्देशक सौरभ मान भण्डारीले जानकारी गराए । प्रतियोगिताको कोरियोग्राफर एलिना थापा र प्रसना राउत रहेका थिए ।