अनमोल केसीको जन्मदिनका अवसरमा चलचित्र ‘फर्की फर्की’को फस्टलुक रिलिज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६५ दिन अगाडि
अनमोल केसीको जन्मदिनका अवसरमा चलचित्र ‘फर्की फर्की’को फस्टलुक रिलिज

काठमाडाैं- अभिनेता अनमोल केसीको जन्मदिनको अवसरमा चलचित्र ‘फर्की फर्की’को फस्टलुक रिलिज गरिएको छ । आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको फस्टलुकमा अभिनेता अनमोल केसीलाई मात्र स्थान दिइएको छ । 

लभ स्टोरी जनरामा बनेको यो चलचित्रलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । 

चलचित्र ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमामा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । साथमा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ । 

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको यो चलचित्रमा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।