विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट पारित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६२ दिन अगाडि
विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं - प्रतिनिधिसभाको बैठकबाट विद्युतिय व्यापार विधेयक २०८० पारित भएको छ । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर सापकोटाले ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।  उक्त प्रस्तावमाथिको छलफलपछि विधेयक बहुमतले स्वीकृत भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन् ।  
उनले भने, ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा हुन्छ भन्नेको संख्या बढी भएकाले विधेयक बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’