‘दान्भी’मा यस्तो छ पूजाको गेटअप

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६० दिन अगाडि
‘दान्भी’मा यस्तो छ पूजाको गेटअप

काठमाडौं - पहिलो एक्सन फिल्मको रुपमा एक्ट्रेस पूजा शर्मा यतिबेला ‘दान्भी’को छायांकनमा ब्यस्त छिन् ।

काठमाडौंका विभिन्न थलोमा यतिबेला यो फिल्मको एक्सन र गीतको छायांकन चलिरहेको छ । फिल्मको सुटिङलाई लिएर नयाँ खबर छ । निर्माताले छायांकन सेटबाट फिल्मको एक महत्वपूर्ण दृश्यलाई सार्वजनिक गरेका छन् जहाँ पूजा एक्सन अवतार र बाइकर गर्लको अवतारमा देखिएकी छन् । जसको जानकारी उनले सामाजिक संजालबाट समेत दिएकी छन् ।

हार्ले डेभिडसनमा चढेकी बाइकर गर्लको रुपमा उनी प्रस्तुत छिन् । यो दृश्य फिल्ममा पूजाको इन्ट्री दृश्य भएको जनाइएको छ । उनको यो दृश्य एक्सन र गीतमा पनि समावेश हुने उल्लेख छ । यो फोटो शेयर गर्दै पूजा लेख्छिन्( बूढो भएपनि तपाईं बाइक चलाउन छाड्नुहुन्न । जब बूढो हुनुहुन्छ, तब बाइक चलाउन छाड्नुहुन्छ ।’ सम्भवतः एन्ट्री दृश्यमा पूजाको यो डायलग समावेश भएको हुनसक्छ । पूजाको यो फोटोलाई फ्यानले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् ।