प्रधानमन्त्रीबाट गोर्खा दरबारमा क्वार्ज क्रिस्टल प्रतिस्थापन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५९ दिन अगाडि
प्रधानमन्त्रीबाट गोर्खा दरबारमा क्वार्ज क्रिस्टल प्रतिस्थापन

काठमाडाै‌ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्विक महत्वको बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन गरेका छन्।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले सो धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने उल्लेख गरे।  गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागि पर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क  निर्माणमा आफ्नो ध्यान जाने  बताए।