प्रभातपाल र सोफी अभिनित अनु र हसनको 'यि आँखालाई 'रिलिज ( भिडियो )

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५६ दिन अगाडि
प्रभातपाल र सोफी अभिनित अनु र हसनको 'यि आँखालाई  'रिलिज ( भिडियो )

काठमाडौं - चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यि आँखालाई ' सार्वजनिक भएको छ ।

लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।  मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपाल (Music Junction Nepal)को यु ट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।