कानुनी बिहे गरेका गायक निशान र मोडल ऋचाले गरे डिभोर्स

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५३ दिन अगाडि
कानुनी बिहे गरेका गायक निशान र मोडल ऋचाले गरे डिभोर्स

 काठमाडाै‌ -गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दिएको निवेदन अनुसार चैत ७ गते उनीहरूको सम्बन्ध विच्छेद भएको हो।अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूबीच सम्बन्ध विच्छेदको फैसला गरेको हो। 

'दुबै जनाको आपसी सहमतिमा सम्बन्ध विच्छेदको फैसला भएको हो,' अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले भनिन्। ऋचाले सम्बन्ध विच्छेदका लागि अंश दाबी गरेकी थिइनन्।  दुई वर्षको प्रेम सम्बन्धपछि निशान र ऋचाले तीन वर्षअघि बिहे गरेका थिए। निशान 'नेपाल आइडल' बाट चर्चामा आएका गायक हुन् भने ऋचाले केही भिडिओमा मोडलिङ गरेकी छन्। 'लाहुर जाने रेल' मा उनले निशानसँगै मोडलिङ गरेकी थिइन्।