खुसी थुलुङको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ बजारमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५३ दिन अगाडि
खुसी थुलुङको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ बजारमा

काठमाडौँ - गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक गरिएको छ । गायिका खुसी थुलुङको उक्त गीतिसंग्रह सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो। गीतिसङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती प्रमुख अतिथिको रुपमा उपस्थित थिए । 

किँराताीले गीतिसंग्रहसँगै सार्वजनिक भडियोको सफलताको शुभकामना दिए । उनले आफूलाई पनि गीतसङगीत मन पर्ने भएको बताउँदै भने, ‘म गीतसङ्गीत धेरै बुझ्दिन तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु । खुसी बहिनीले गीतसङगीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ, निकै सुमधुर स्वर रहेको छ’, पूर्वमन्त्री किरातीले थपे । उनले गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रुपान्तरण गर्न विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन आग्रह समेत गरे । 

गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’, गायिका खुसीले भनिन् । 

उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ । गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिश गरेको बताइन । 

‘गीत सुनेपछि यसको दृश्यलाई तयार गरिएको हो । गीतले एक जोडीको कथा पेस गरेको छ । जहाँ केटाले केटीलाई माया गरेता पनि केटीले स्वीकार्न सकेकी हुदिनन्, तर केटाको निस्वार्थ भावले केटी प्रेममा पर्छिन्’, मोडल लिम्बूले भने । 

उनले भिडियोमा गरेको कामको उक्त कार्यक्रममा सबैले प्रसंशा गरेका थिए । गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । 
 

सार्वजनिक गीतको भिडियो