‘लण्डन टु पेरिस’को ‘खुल्ला आकाश’गीतमा रोमान्टिक साम्राज्ञी र निश्चल (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५३ दिन अगाडि
‘लण्डन टु पेरिस’को ‘खुल्ला आकाश’गीतमा रोमान्टिक साम्राज्ञी र निश्चल (भिडिओ)

काठमाडौँ - फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक भएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक रोमान्टिक शैलीको गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्काको अभिनय छ ।  घनश्याम लामिछाने निर्देशित फिल्म आगामी जेठ २५ गतदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको गीतमा हर्कुलस बस्नेतको शब्द, स्वर तथा संगीत छ । फिल्ममा साम्राज्ञी र निश्चलसँगै कविर खड्का, गरिमा शर्मा, रूष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ।  निश्चलले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन्।  एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्म्सले निर्माणमा सहकार्य गरेको छ ।  अभेद परव र कुनाल कदमले छायांकन गरेको फिल्मलाई शजु चन्दनले सम्पादन गरेका छन्।  सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर, विजय भन्डारी यसका कार्यकारी निर्माता हुन्। यो फिल्म जेठ २५ गतेदेखि प्रदर्शन हुनेछ।