बिहीबार सार्वजनिक बिदा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५४ दिन अगाडि
बिहीबार सार्वजनिक बिदा

काठमाडाै‌ -इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद)का दिन सरकारले सार्वजनिक बिदा दिएको छ। 

बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए। गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।