काठमाडाै -वर्षकै प्रतिक्षित सिनेमा ‘डिग्री माइला’ले वक्सअफिसमा सुनामी ल्याउने संकेत गरेको छ ।
सिनेमाका लागि आज सिनेमाघरहरुले दिएको शो संख्याले यस्तो संकेत दिएको हो ।नेपाली सिनेमाप्रति खासै अनुग्रहित नहुने हलहरुमा रामबाबु गुरुङ निर्देशित सिनेमाले उच्च संख्यामा शो पाएको छ । बुधबार यो समाचार तयार पर्दासम्म दयाहाङ राई तथा आँचल शर्मा स्टारर ‘डिग्री माइला’ले देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशबर ९७ शो पाएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ ।
यसमा अझ शो संख्या थपिने अनुमान छ। हालसम्म सिनेमाले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । भोलिसम्म यो संख्या अझ बढ्ने देखिन्छ । सिनेमाका वितरक गोविन्द शाहीले सिनेमाले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए ।
शाहीका अनुसार सिनेमाले शुक्रबार २ करोड ५० लाख माथि र शनिबार ३ करोड बढिको व्यापार गर्ने अनुमान गरिरहेको जानकारी दिए । यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी-४’ले रिलिजको पहिलो शनिबार ३ कोरड बढिको व्यापार गरेको बताउँदै सिनेमाको हाइप अनुसार यो आँकडा अनुमान गरिएको बताए ।