नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४२ दिन अगाडि
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार

काठमाडौँ -साताको तेस्रो कारोबार दिन नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ ।

आइतबार र मंगलबार गरी ३१ अकंमाथिले बढेको नेप्से सूचक तेस्रो कारोबार दिन बुधबार १०.७१ अंकले घट्दै २ हजार २५.३० अंकमा ओर्लिएको हो । सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो ।  बुधबार नेप्से सूचक घटेसँगै यता कारोबार समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

अघिल्लो दिन ९ अंकले नेप्से बढेको बजारमा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।  बुधबार म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको दुईवटा उपसूचक बाहेक अरु ११ वटा उपसूचक ऋणात्मक भएका छन् । म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१३ प्रतिशत र १.४६ प्रतिशतले बढेका छन् ।  कूल २४५ कम्पनी मध्ये आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ र ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।