काठमाडौं - रिलिज पूर्वसन्ध्यामा रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को प्रिमियर गरिएको छ । बिग मूभिजमा आयोजित समारोहमा फिल्मकर्मीको खचाखच उपस्थिती रह्यो ।
फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिमियरमा निर्देशक गुरुङसहित कलाकार दयाहाङ राई, आँचल शर्मा लगायत ‘कास्ट एण्ड क्रू’क सहभागि रहे । घरेलु फिल्म उद्योगका अन्य फिल्मकर्मी र सेलिब्रेटीको पनि बाक्लो सहभागिता थियो । दयाहाङसँग धेरै फिल्ममा जोडी बाँधेकी मिरुना मगर पनि उपस्थित थिइन् । ‘एकदमै राम्रो लाग्यो । सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन् । उनले आँचलको प्रशंसा गरिन् ।