चलचित्र‘सारङ्ग’ निर्माण घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५० दिन अगाडि
चलचित्र‘सारङ्ग’ निर्माण घोषणा

काठमाडौँ -बाल मनोविज्ञानको कथामा फिल्म ‘सारङ्ग’ निर्माण हुने भएको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्म घोषणा भएको हो । प्रशान्त तामाङको लेखन तथा निर्देशन रहने फिल्ममा ऋचा शर्मा,उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जङ्ग केसीका अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय रहनेछ । कार्यक्रमका कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जित थापाले ‘सारङ्ग’ ले आममानिसमा मनोरञ्जनका साथै यथेष्ट सूचना प्रदान गर्दै बालबालिकाप्रति गर्नुपर्ने ब्यबहार तथा जिम्मेवारी बोध गराउने बताए ।निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखेको ,भोगेको विषयलाई पर्दामा उतार्न लागेको बताए । अभिनेत्री ऋचाले आफूलाई ‘सारङ्ग’ को स्क्रिप्ट निकै मनपरेको बताउँदै यस प्रकारको फिल्मले समाजलाई सही दिशा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने धारणा राखिन् । 

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको आगामी आइतबार अर्थात् २ वैशाखबाट छायांकन सुरु हुनेछ । डिओपी गोपाल राय, सम्पादन मित्र ध्वज गुरुङको रहने फिल्ममा डिपी खनालका गीत र शंकर थापा ‘स्माइल’का संगीत रहनेछ । कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, महासचिव रघुनाथ सापकोटालगायतको उपस्थिति थियो ।