संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्न सरकारको सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५२ दिन अगाडि
संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं -सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।