कांग्रेसले सदन रोकेपछि अन्त्य गर्नुपर्ने अवस्था आयो -केपी ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५२ दिन अगाडि
कांग्रेसले सदन रोकेपछि अन्त्य गर्नुपर्ने अवस्था आयो -केपी ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनको कामकारबाही अघि बढाउन रोकेकाले संसद अधिवेशन अन्त्य गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेटवार्ता गरेर फर्किने क्रममा ओलीले संसद्‌ अधिवेशन अन्त्य हुने संकेत गरेका हुन् । यसै गरी, सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । अधिवेशन अन्त्यको सिफारिसका लागि अहिले मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले अधिवेशनको अन्त्यको सिफारिस गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच संसद् अधिवेशन अन्त्य गर्नेसहित सरकारका कामलाई थप प्रभावकारी बनाउने विषयमासमेत छलफल भएको बताइएको छ ।