राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५२ दिन अगाडि
राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस

काठमाडौं - सरकारले राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन् ।