सहकारी बैंकमा तरलता ४३ प्रतिशत माथि, कुल बचत ५९ अर्ब १३ करोड 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३८ दिन अगाडि
सहकारी बैंकमा तरलता ४३ प्रतिशत माथि, कुल बचत ५९ अर्ब १३ करोड 

काठमाडौं -राष्ट्रिय सहकारी बैंकमा ४३।२६ प्रतिशत तरलता रहेको पछिल्लो तथ्यांकले देखाएको छ ।

नयाँ बर्ष २०८१ का अवसरमा शुभकामना सन्देशसहित जारी गरेको तथ्यांकमा ४३।२६ प्रतिशत तरलता रहेको उल्लेख गरेको छ । सार्वजनिक तथ्यांक अनुसार सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १६ हजार २९३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ८८२ रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी दुई अर्ब ८० करोड माथि रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ७३ लाख, कुल बचत ५९ अर्ब १३ करोड ५३ लाख, ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ रहेको छ ।

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम २५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब ४७ करोड ३१ लाख, विभिन्न कोषको जम्मा रकम १७ करोड ९६ लाख र कुल सम्पत्ति ६७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ रहेको छ । वित्तीय जवाफदेहीता र पारदर्शिता आफ्नो पहिलो प्राथमिकता भएको जनाएको बैंकले नियामकीय अनुपालना, वित्तीय जबाफदेहिता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्र्तनिहित जोखिम व्यवस्थापन लाई प्राथमिकतामा राखी कार्यसम्पादन गरेको जनाएको छ ।