एसीसि मेन्स प्रिमियर कप- नेपालले भोलि हङकङको सामना गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९२६ दिन अगाडि
एसीसि मेन्स प्रिमियर कप- नेपालले भोलि हङकङको सामना गर्ने

 काठमाडाै‌ -एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपालले भोलि हङकङसँग खेल्ने भएको छ।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र हङकङबीको खेल बिहान ११ः ४५ बजेबाट सुरु हुनेछ। आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ। साविक विजेता समेत रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा सानदार जित हात पारेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो। भोलिको खेलमा जित निकाल्दै नेपाल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ।