एमाले संसदीय दलको बैठक आज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४९ दिन अगाडि
एमाले संसदीय दलको बैठक आज

काठमाडौं -आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ ।एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।  यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।