फिल्म 'ज्वाइँ साब' मा विल्सन अनुबन्धित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४६ दिन अगाडि
फिल्म 'ज्वाइँ साब' मा विल्सन अनुबन्धित

 काठमाडाै‌ -बसन्त निरौलाको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'ज्वाइँ साब' मा अभिनेता विल्सन बिक्रम राई अनुबन्धित भएका छन्।

फिल्ममा उनको भूमिका 'पावरफुल' रहने निर्माण टिमले जनाएको छ। राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा हास्य अभिनेता जितु नेपाल, हिमेश पन्त र अभिनेत्री नीति शाह यसअघि नै अनुबन्धित भइसकेका छन्। 

सामाजिक कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ। विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ।  वैशाखको १५ गतेदेखि फिल्मको छायांकन सुरू गर्ने तयारी छ। आउँदो तिहारमा फिल्मलाई प्रदर्शनमा ल्याइने निर्माणपक्षले जनाएको छ।