वर्तमान सरकारलाई सफल बनाउन एमालेले सम्पूर्ण शक्ति लगाउँछ- अध्यक्ष ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४४ दिन अगाडि
वर्तमान सरकारलाई सफल बनाउन एमालेले सम्पूर्ण शक्ति लगाउँछ- अध्यक्ष ओली

 काठमाडाै‍ -नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउने बताएका छन्।

 शनिबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । जनताको समस्या समाधानका लागि सरकारले थालेका कार्यहरु सकारात्मक भएको उल्लेख गर्दै उनले भने, ‘जनतामा रहेको निराशा चिर्दै अर्थतन्त्रलाई गतिशील तुल्याउन र सुशासन दिन सक्नुपर्छ।’ उनले हतारोमा वाम ध्रुवीकरण वा प्रतिपक्षीलाई निषेध नभई संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि प्रष्ट पारे।