हङकङसँग पराजित हुँदा नेपाल एसिसी इमर्जिङ कपमा छनोट हुन असफल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९२१ दिन अगाडि
हङकङसँग पराजित हुँदा नेपाल एसिसी इमर्जिङ कपमा छनोट हुन असफल

 काठमाडाै‌ -एसिसी प्रिमियर कपको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पराजित भएको छ।

शनिबार ओमानमा भएको खेलमा नेपाललाई हङकङले चार विकेटले पराजित गर्यो।  हारसँगै नेपाल एसिसी इमर्जिङ टिम्स कपमा छनोट हुन असफल भयो। यसअघि शुक्रबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो। जसका कारण फाइनल जित्दै एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको थियो। शनिबार नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ६ विकेटको क्षतिमा ३ बल बाँकी छँदा पूरा गर्यो। हङकङको लागि अंशुमान रथले नटआउट ६५ रन जोडे। यसअघि ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पार्यो।  
कमजोर ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण रह्यो।  २९ बल खेलेका ऐरीले ४ चौका र तीन छक्का प्रहार गरी ४४ रन जोडेर टिमलाई १३९ रनको स्कोरसम्म पुर्‍याएका हुन्।  उनले अन्तिम ओभरमा २ छक्का र २ चौका प्रहार गरे।   १३ औं ओभरको चौंथो बलमा ऐरी मैदान प्रवेश गर्दा नेपालको स्कोर ८६ रन थियो भने ६ विकेट गुमिसकेको थियो।