बोस्टन- अमेरिका चलचित्र बगानबाट चलचित्रमा डेब्यु गरेकी नायिका प्रमिला कार्की नयाँ कार्यक्रम ‘कफि मिठो कि गफ’ लिएर दर्शकमाझ प्रस्तुत भएकी छिन् ।
हाल अमेरिकाको बोस्टनमा रहेकी कार्कीले यू–ट्युब च्यानल ‘नेपाली वेभसाइट’ मार्फत् आफ्नो नयाँ शो सार्वजनिक गरेकी हुन् ।
कार्कीको नयाँ शोको पहिलो पाहुनाका रूपमा पत्रकार नारायण श्रेष्ठ प्रस्तुत भएका छन् । हाल अमेरिकामै बस्दै आएका श्रेष्ठले जीवन भोगाइ, अनुभव र नेपाली समाजको वर्तमान चित्रका बारेमा विश्लेषण गरेका छन् ।
कार्यक्रम ‘कफि मिठो कि गफ’लाई चलचित्र निर्माता एवम् गीतकार सुरेश वाग्लेको निर्देशन तथा कन्सेप्टमा बजारमा ल्याइएको हो ।
चलचित्र बगानको सफलतासँगै चर्चामा आएकी कार्की यसअघि नेपाल टेलिभिजन हुँदै प्राइम टेलिभिजनको कार्यक्रम ‘चिया गफ’को होस्टको रुपमा कार्यरत थिइन् भने विभिन्न म्युजिक भिडियोमासमेत कार्कीको चर्चा हुने गरेको छ।
भिडियो