आइपिएलमा पाँच हजार रन बनाउने धोनी पहिलो विकेटकिपर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९२० दिन अगाडि
आइपिएलमा पाँच हजार रन बनाउने धोनी पहिलो विकेटकिपर

 काठमाडाै‌ ‍-चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल)मा पाँच हजार रन पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् ।

भारतमा जारी लिगको १७ सिजनमा आएर ब्याटर तथा विकेटकिपर धोनीले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।लखनउमा भएको खेलमा लखनउ सुपर जायन्ट्सले सबैभन्दा बढी लक्ष्य पूरा गर्दै चेन्नईलाई आठ विकेटले हराएको हो । यो खेलमा धोनीले आठ बलमा २८ रन बनाएका थिए । ४२ वर्षीय खेलाडीले आइपिएलमा पाँच हजार रन बनाएको पहिलोपटक हो । धोनीले हालसम्म आइपिएलका दुई सय ५१ खेल खेलेका छन् । धोनीपछि आरसिबीका दिनेश कार्तिकले २२८ खेलमा ४३६३ रन बनाएका छन् । 

धोनीले फरक दुई कीर्तिमान बनाएको खेलमा भने चेन्नई पराजित भयो । लखनउले कीर्तिमानी लक्ष्य पछ्याउँदै जित निकालेको हो । लखनउले १७७ रनको लक्ष्य १९ ओभरमा पूरा गरेको थियो । धोनीले यही खेलमा ४२ वर्ष पुगिसक्दा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । धोनीले क्रिस गेलको कीर्तिमान तोडेका हुन् । वेस्ट इन्डिजका गेलले ४० वर्षको उमेरमा आइपिएलमा ४८१ रन बनाएका छन् । पछिल्लो दुई वर्षमा धोनीको स्ट्राइक रेट निकै बढेको छ । उनले पछिल्लो वर्ष १८२.४६ स्ट्राइकर रेटमा एक सय ४ रन बनाएका थिए ।

यस वर्ष २५५.८८ स्ट्राइकर रेटसँगै ८७ रन बनाएका हुन् । पछिल्लो वर्ष ५० माथि बलको सामना गर्नेमा धोनी अगाडि छन् । धोनीपछि सन्राइजर्स हैदराबादका अभिषेक शर्माले २०५.२६ स्ट्राइक रेट बनाएका छन् । ट्रेविस हेडको स्ट्राइकर रेट १९९.१५ छ ।  यस्तै, लखनउका कप्तान केएल राहुल २५ पटक ५० रन बनाउने पहिलो विकेटकिपर बनेका छन् । उनले धोनीलाई पछि पार्दै यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । धोनीले हालसम्म २४ पटक ५० रन पूरा गरेका छन् । क्विन्टन डी काकले २३ र दिनेश कार्तिकले २१ र रविन उथप्पाले १८ पटक ५० रन पूरा गरेका हुन् ।