टिपरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४३ दिन अगाडि
टिपरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु

काठमाडाै‌ -मकवानपुरको हेटौंडामा टिपरको ठक्करबाट घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकावडा नम्बर ११ थानाभर्‍याङ बस्ने ५५ बर्षका भिम बहादुर बिडारी रहेका छन् ।जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार शनिवार साँझ टिपरको ठक्करबाट घाइते भएका बिडारीलाई हेटौँडा अस्पतालमा उपचारका लागी भर्ना गरिएको थियो ।

थप उपचारका लागी हेटौँडा ११ स्थित चुरेहिल अस्पताल हुँदै चितवनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पुर्‍याइएका बिडारीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । शनिवार साँझ हेटौँडा १० स्थित बसपार्क पिपलबोटमा बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ६८५४ नं. टिपरले बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट दाँया हात र शरिरका विभिन्न भागमा चोट लागेका बिडारीको उपचारको क्रममा मृत्यु भएको हो । मृतक बिडारीको शव पोष्टमार्टमको लागी चितवन स्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।