पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १२ र १३ वैशाखमा अन्तर्वार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३९ दिन अगाडि
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १२ र १३ वैशाखमा अन्तर्वार्ता

काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि १२ र १३ वैशाखमा उम्मेदवारहरूको अन्तर्वार्ता हुने भएको छ ।

उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १२ र १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अन्तर्वार्ता हुने समय तालिका सार्वजनिक गरेको हो । उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक  कार्ययोजनाको प्रस्तुतीकरण २७, २८ र २९ चैतमा मन्त्रालयमा भएको थियो । त्यसअघि सिफारिस समितिले १८ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको थियो । १८ फागुनबाट पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पद रिक्त छ ।