कतारका राजा काठमाडौं आइपुगे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४१ दिन अगाडि
कतारका राजा काठमाडौं आइपुगे

काठमाडौँ - कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् ।

 उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् । कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो । उनी बुधबार फर्किनेछन् ।