जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३८ दिन अगाडि
जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडाै -जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीको महाधिवेशनको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।  पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिको समीक्षा र महाधिवेशनका एजेण्डाहरुमाथि छलफल हुने छ । जसपाले जेठ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।