मतदानको निर्धारित समय सकियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३७ दिन अगाडि
मतदानको निर्धारित  समय सकियो

काठमाडौ -उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदानको निर्धारित समय सकिएको छ।

 इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)मा आज बिहान ७ बजेदेखि मतदान भएको थियो। आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको मतदानको समय सकिएको हो। यसपछि बुथमा आउनेले मतदान गर्न पाउने छैनन्। 

लाइनमै रहेकाले भने मतदान गर्न पाउनेछन्।इलाममा सबै मतदानस्थल र केन्द्रहरूमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। कति मतदान भयो भन्नेबारे संकलन गर्न बाँकी रहेको उनले बताए। उनका अनुसार अपराह्न साढे ४ बजेसम्म ५५ प्रतिशत मतदात भएको थियो। बझाङमा ४ बजेसम्म ४६ प्रतिशतमात्रै मतदान भएको थियो। मतदान सम्पन्न भएपछि सर्वदलीय छलफल राखेर मतगणनाको समय निर्धारण गरिन्छ।